क्वालालम्पुर, १४ सेप्टेम्बर २०२५ — म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना मलेसिया) को दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार क्वालालम्पुरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट प्रकाश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ।
कार्यक्रममा स्थानीय कलाकारहरूले प्रस्तुत गरेको आकर्षक सांगीतिक कार्यक्रमले माहोल उत्साहपूर्ण बनाएको थियो। मलेसियामा रहेका नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा बुद्धिजीवी, व्यवसायी, विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरू समेत सहभागी थिए। कार्यक्रममा प्रमुख अतिथि इन्द्र नारायण लिम्बु रहेका थिए।
नव–निर्वाचित कार्यसमितिमा अध्यक्ष प्रकाश केसी, उपाध्यक्षहरू संजय साही र जोग लाल पुन चयन भएका छन्। महासचिवमा केश रोका मगर, सचिवमा विकास रोका, सह–सचिवमा टोकनाथ रिजाल निर्वाचित भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा दुर्गा रोका मगर, सह–कोषाध्यक्षमा मिलन बोहोरा र महिला उपाध्यक्षमा रेजिना गुरुङ सर्वसम्मत चयन भएका छन्। सदस्यहरूमा आकाश वर्देवा, विकास बोहोरा, दिनेश घर्ती, विकास श्रीपाली, लोकबहादुर बोहोरा र जयबहादुर शिरीष मगर चयन भएका छन्।
नवगठित समितिले संस्थालाई अझ सबल, गतिशील र परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ। विशेष गरी मलेसियामा रहेका नेपाली कामदार र परिवारबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक गतिविधि सशक्त बनाउन समितिले सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।
कार्यसमितिले स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली समुदायको आवाज बुलन्द पार्ने र नेपाल–मलेसिया सम्बन्धलाई अझ मजबुत बनाउन योगदान दिने घोषणा गरेको छ।
प्रतिक्रया दिनुहोस्