दोहा,कतार- तमु प्ये ल्हु संघ, शाखा कतारको ११औं स्थापना दिवस तथा ५औं अधिवेशन हुने पक्का भएको छ ।
तमु (गुरुङ) जातिको मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय तमु प्ये ल्हु संघ, शाखा कतारले यही आउने शुक्रबार अर्थात सेप्टेम्बर १९ तारिक आफ्नो ११औं स्थापना दिवस तथा ५औं अधिवेशन गर्ने भएको हो ।
सन् २०१४ सेप्टेम्बर १९ मा प्रवास शाखा कतारका रूपमा स्थापना भएको संघले निरन्तर सांस्कृतिक, सामाजिक र मानवीय कार्य गर्दै आएको संघले यो वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरि ११औं स्थापना दिवस मनाउन लागेको कार्यक्रम संयोजक सिबि थिम्जेले नेपाली जनता खबरलाई जानकारी गराएका छन् ।
कार्यक्रममा संघको कार्यप्रगति विवरण प्रस्तुत गर्ने, सम्मान तथा कदरपत्र वितरण, विभिन्न व्यक्तित्वहरू बाट शुभकामना आदानप्रदान, विविध सांस्कृतिक कार्यक्रम र तमु मौलिक परम्परागत प्रस्तुतिहरू समेत रहनेछन् । साथै आत्मीय भेटघाट, सामूहिक भोजन तथा नयाँ कार्यसमितिको चयन हुने पनि अध्यक्ष चन्द्र ल्हेगे तमुले बताए।
उक्त दिवस वेलफेयर रेस्टुरेन्ट सभा हल, सनया प्लाजा, दोहा कतारमा दिउँसो ११:३० बजेबाट सुरु हुनेछ। कार्यक्रमको सञ्चालन सचिव फलेन्द्र थिम्जेले गर्नेछन्।
संघले कतारमा क्रियाशील सम्पूर्ण वैचारिक तथा सामाजिक संघ संस्था, पत्रकार, व्यवसायी, कलाकार, साहित्यकार, शुभचिन्तक सबैलाई पत्राचार गरिसकेको बताउँदै संघका सदस्य तथा पूर्वसदस्यहरुको साथै सम्पूर्ण तमु एवं गैर तमु दाजुभाइ दिदीबहिनीहरू लाई यस ऐतिहासिक कार्यक्रममा उपस्थितको लागि निमन्त्रणा गर्दै उपस्थित भएर कार्यक्रम लाई अझ अर्थपूर्ण बनाइदिन अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्