कतारमा दशैंलाई लक्षित गर्दै “व्याक टु नाइटिज” स्टार नाईट सांस्कृतिक कार्यक्रम हुने….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- कतारमा नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै “Back To 90,s” स्टार नाईट – २०२५ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

“दोहा वोभ्स मिडिया इभेन्ट इन्टरटेन्मेन्ट (Doha Waves Madia Event Entertainment)” को आयोजना र माई कम्युनिटी इभेन्ट कम्पनी (My Community Event W.L.L) को सह-आयोजनामा कतारमा बसोबास गर्ने नेपालीहरु सहित सिङ्गो दक्षिण एसियाली समुदायलाई एक साथ सहभागी गराउन यहि सेप्टेम्बर २६ तारिक शुक्रबार एसियन टाउन स्थित ग्राण्डमलमा रहेको विशाल Event Amphitheatre मा हुने उक्त कार्यक्रममा नेपालबाट आउने अहिलेका चर्चित गायक दुर्गेश थापा सङ्गै मैथिली गायक सन्नु कुमार, डान्सर कबिता नेपाली, सपना चौहान, सृजना खत्री (हउडे माया), कर्णदास सहित चर्चित भोजपुरी कलाकार शुभी शर्मा, प्रिती पासवान लगायतका कालाकारहरुको प्रत्यक्ष प्रस्तुतिहरु हेर्न पाइने छ ।

बेलुकी ६:३० बजे देखि सुरु हुने कार्यक्रम प्रवासमै भए पनि दशैंलाई सामूहिक रूपमा एकै थलोमा मनाउँदै वर्षभरी गरेको कामको थकाइ लाई भुलेर रमाउन सकुन भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक रोशन अर्यालले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

अर्यालले कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल पारि दिन कतारमा रहेका समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू सहित सम्पुर्ण गीतसङ्गीत प्रेमीहरु लाई अनुरोध गरेका छन भने दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नुको साथै दशैंको उमङ्ग भाइचाराको भावना र विविध सांस्कृतिक, कला सस्कृती र  सौन्दर्य लाई एउटै मञ्चमा प्रस्तुत गर्ने पनि बताएका छन ।

संयोजक अर्यालले कार्यक्रमबाट हुने मुनाफाको केहि अंश हालसालै नेपालमा जेन-जी पुस्ताले परिवर्तनका लागि गरेको आन्दोलनमा ज्यान गुमाउनु हुने शहिदहरुको परिवारलाई सहयोग गर्ने बताएका छन भने दर्शकहरूको पहुँचलाई ध्यानमा राख्दै विभिन्न वर्गको टिकट कतारमा रहेका सपिङ्गमलहरुमा सहजै पाउनुको साथै थप जानकारीको लागि कार्यक्रम संयोजक रोशन अर्यालको सम्पर्क नम्बर +974 7066 5644 मा सम्पर्क गरि बुझ्न सक्नु हुनेछ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार