दोहा,कतार- नेपाली साहित्यमा अर्को एउटा कृति बनेर कतारबाट साहियकार सानू थपलियाको “मकरन्द” पनि थपिएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१७ देखि कतारलाई कर्मथलो बनाउदै आएका साहितकार सन्दीप थपलिया ‘सानु’ ले आफ्नो पहिलो कृतिको रुपमा गजल संग्रह “मकरन्द” आधिकारिक रुपमा कतारबाट विमोचन गरेपछि नेपाली साहित्यमा नयाँ कृति थपिएको हो ।
सानुले मकरन्द गजल संग्रहमा माया, प्रेम, मिलन, विछोड, हाँसो, रोदन, सङ्गै केही परिस्थिति, परिघटना एवं समसामयिक विषयलाई साहित्यिक शब्दहरुमा उनेर आफ्नो लेखन शैलीलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरेका छन ।
गत शुक्रबार १९ सेप्टेम्बर २०२५ को दिन १६०औं मोतिजयन्ती तथा अनेसास कतार च्याप्टरको ११औं अधिवेशन र अनेसास नवोदित साहित्यिक वाचन डबलीको १६२औं श्रृंखलाको स्वर्णिम अवसर पारेर थपलियाले ‘मकरन्द’ को विमोचन गरेका हुन। एक सय एक वटा गजलहरु समावेश भएको कृति कार्यक्रमका सभापति यादव रेग्मी, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिलकुमार श्रेष्ठ, नेपाली काव्य क्षेत्रका उपल्लाधुरी, अग्नि महाकाव्य (२०७८) का लागि मदन पुरस्कार विजेता श्रद्धेय कवि डा. नवराज लम्साल, स्वयं लेखक लगायतले सामूहिक रूपमा विमोचन गरेका थिए ।
पुस्तकका बारेमा साहित्यकार श्यामराज रानाभाटले आफ्ना धारणा राख्दै पुस्तकको समीक्षा पाठकले गर्ने हुँदा कृति विमोचन लगतै समीक्षा आवश्यक नरहने बताए भने आँखा कृति लेख्ने क्रमका अनुभव साट्दै लेखक सानुले नेपालबाट साहित्यमा कलम चलाउँदै आएको स्मरण गर्दै कतारमा रहेका साहित्यिक संस्था अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतार सहित आफ्नो परिवार लगायत सबैप्रति आभार व्यक्त गरे । उनले नेपाली साहित्यलाई थप मलजल गर्ने प्रतिबद्धता पनि जनाएका छन ।
विसं २०५५ साल मंसिर २८ गते तेह्रथुममा जन्मिएर अहिले झापा बिर्तामोडमा स-परिवार बसोबास गर्दै आएका लेखक थपलियाले स्नातक सम्मको अध्ययन गरेका भने कतारमा हरेक महिना सञ्चालन हुने वाचन डबली अन्तर्गत ८४औं सृङ्खलाबाट कतारमा हुर्कँदै गरेको साहित्यसँग जोडिएका हुन । उनी साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारका निवर्तमान अध्यक्ष समेत हुन ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्