धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहमाथि निरन्तर व्यंग्य गरिरहेका छन्। पछिल्लो सामाजिक सञ्जाल पोस्टमा उनले बालेनलाई ‘विदेशी दलाल’ भन्दै आलोचना गरेका छन्।
साम्पाङले बालेनले हालै फेसबुकमा लेखेका स्टाटसमाथि टिप्पणी गर्दै, ‘विदेशी दलालको स्टाटस त बेमौसमी गीतजस्तै मात्र हो,’ भनेका छन्। उनले थपे– ‘देशको अवस्था खरानी बनाउने अनि कहिले एम्बुलेन्स, कहिले छात्रवृत्ति भनेर पोस्ट गर्ने? अब जतिसुकै डाइभर्ट गर्न खोजे पनि नेपालीले तिमीलाई ‘विदेशी दलाल’ भनेर चिनेका छन्।’




प्रतिक्रया दिनुहोस्