दोहा,कतार- पर्वत जलजला समाज कतारको दोस्रो वार्षिकोत्सव मनाउन कलाकार आइपुगेका छन ।
समाजले नेपालीहरुको महान पर्व बिजया दशमी एवं शुभ दिपावलीको पावन अवसर पारेर स्थापना दिवस तथा दोस्रो वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने भएपछि अतिथी कलाकारको रुपामा नेपाल बाट कलाकारद्वय पर्वते राजा भनेर चिनिने लोक तथा दोहोरी गायक आर.सी पौडेल र मेरो भ्वाइस युनिभर्स सिजन – २ मा कतारबाट प्रतिनिधित्व गर्दै फाइनल चरणको उत्कृष्ट ३ मा पर्न सफल भएकी लोकप्रिय गायिका जुनु प्रसाईं आज बिहान कतार आइपुगेका हुन ।
कलाकारद्वय लाई स्वागत गर्न समाजका अध्यक्ष देवराज कार्की, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका अध्यक्ष शिवराम ढकाल लगायतका अन्य विशेष व्यक्तित्वहरु हमाद इन्टरनेसनल एअरपोर्ट पुगेका थिए भने कलाकार कतार आइपुगे सङ्गै भोलि सनैया स्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको बताउँदै आयोजक समितिले कार्यक्रममा उपस्थितिको लागि कतारबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई आग्रह पनि गरेका छन ।
कतारमा सन् २०२३ मा स्थापना भएको समाजले कतार सङ्गै गृह जिल्ला र जिल्ला बाहिरका विभिन्न जिल्लाहरुमा पनि सामाजिक तथा आर्थिक सहयोगमा महत्त्वपूर्ण भुमिका निभाउदै आएको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्