रास्वपालाई घर खाली गर्न घरधनीको सूचना : तीन महिनाभित्र कार्यालय हटाउन आग्रह

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई केन्द्रीय कार्यालयको लागि भाडामा दिइएको घर खाली गर्न घरधनीले तीन महिनाको समय दिएका छन्।

बनस्थलीस्थित आफ्नै घर रास्वपालाई भाडामा दिएका भरतमणि देवकोटाले लामो समयसम्म भाडा नपाएको र सुरक्षा सम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र घर खाली गर्न आग्रह गरेका हुन्।

अमेरिकामा रहेका देवकोटाले अनलाइनखबरसँग कुरा गर्दै भने, “मलाई करिब १० महिनादेखि घरभाडा पाएको छैन। पार्टीलाई दिएको ठूलो सापट रकम पनि अझै फिर्ता आएको छैन। अहिले ठ्याक्कै रकम खुलाउन चाहन्न, तर ठूलो रकम हो।”

उनका अनुसार रास्वपाले मासिक तीन लाख पचास हजार रुपैयाँ भाडामा घर लिएको थियो। तर भाडा तिर्ने जिम्मेवारीमा पार्टीले गम्भीरता नदेखाएको उनले गुनासो गरे। “पार्टीमा मेरो संलग्नता एउटा कुरा हो, घर भाडा अर्को कुरा। तर पार्टीले दुवैलाई मिश्रित रूपमा लिएर व्यवहार गर्‍यो,” उनले भने।

देवकोटा रास्वपाको अनुशासन आयोगका प्रमुखसमेत थिए। उनी अमेरिका गएपछि पार्टीले कार्यवाहक तोकेको थियो।

स्थापनाकालमा रास्वपाको कार्यालय बसुन्धरामा थियो। कार्यालय त्यहाँ सानो भएको कारण त्यसपछि देवकोटाको घर बनस्थलीमा सारिएको हो।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा उनलाई विज्ञ सल्लाहकारका रूपमा समेत नियुक्त गरिएको थियो।

nepalijanatakhabar

समबन्धित समाचार