रोल्पाली सेवा समाज मलेसियाद्वारा आयोजित दसैं विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

जोहोरबारु, मलेसिया:रोल्पाली सेवा समाज मलेसियाले आयोजना गरेको दसैं विशेष सांस्कृतिक कार्यक्रम तथा क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सव समारोह उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ।

 

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तिपेन्द्र बुढा मगरले गर्नुभएको थियो। प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, विशिष्ट अतिथिमा राजु योन्जन तामाङ, तथा अतिथिहरुमा एनआरएनए मलेसियाका महासचिव बिष्णु बराल, सचिव उमेश कोइरी, क्षेत्रीय समिति मलाकाका अध्यक्ष अर्जुन लावती लिम्बु लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रममा मलेसियाका स्थानीय नागरिकहरूको पनि सहभागिता रहेको थियो, जसले कार्यक्रममा थप उत्साह र आकर्षण जोडेका थिए।

यस अवसरमा नेपाल तामाङ घेदुङ क्षेत्रीय समितिले तामाङ समुदायको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘विवाह संस्कार’ विषयमा नाटकीय प्रस्तुति दिएका थिए। साथै, गायन, नृत्य र हास्य प्रस्तुतिहरुले कार्यक्रममा रमाइलोपन थपेका थिए।

कार्यक्रमका विशेष आकर्षणहरू:

विभिन्न समुदायका मौलिक सांस्कृतिक प्रस्तुति

दसैं विशेष शुभकामना आदान–प्रदान र आत्मीय भेटघाट

सम्मानपत्र वितरण

रोल्पा जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी

यी कार्यक्रम नै क्षेत्रीय समिति जोहोरको प्रथम वार्षिकोत्सवका मुख्य विशेषता बने।

 

कार्यक्रमको उद्देश्य

प्रवासमा रहेका नेपालीबीच दसैं, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र आत्मीय सम्बन्धलाई अझ गहिरो बनाउन, मौलिक धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न, साथै रोल्पा जिल्लाको सुन्दरता र आकर्षण झल्काउने फोटो प्रदर्शनीमार्फत आन्तरिक पर्यटनलाई प्रवासमै बस्दा पनि प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष तिपेन्द्र बुढा मगरले बताउनुभयो।

सहभागीहरुले पनि यस्तो कार्यक्रमले प्रवासमा बस्दा आपसी सद्भावलाई प्रगाढ बनाउने मात्र नभई आफ्ना मौलिक चाडपर्वको स्मरण गराउने भएकाले अत्यन्तै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन्।

nepalijanatakhabar

समबन्धित समाचार