दोहा,कतार- साङ्गीतिक प्रस्तुतीको लागि कतारमा आएको “ब्याक टु नाइन्टी” ब्यान्डलाई गण्डकी प्रदेश समन्वय परिषद कतारले सम्मान गरेको छ ।
सदावहार लोकपप तथा आधुनिक गितको लागि चर्चित पोख्रेली ब्याण्डहरु मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस र भेगाबोन्ड लाई शनिबार एक कार्यक्रमको आयोजना गरि ढाका टोपी लगाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।
लोकप्रिय पाँच ब्याण्डले सामूहिक सहकार्य गर्दै “विरासत लाई फर्केर हेर्दा” नामकरण गरेर देश तथा बिदेशमा आफ्नो साङ्गीतिक प्रस्तुतिहरु दिदै आएका छन ।
कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक आश बहादुर गुरुङ, संरक्षक राकेश श्रेष्ठ, सल्लाहकार श्याम न्यौपाने, कास्की आदर्श समाजका अध्यक्ष अग्निधर देवकोटा, पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्री, स्याङ्जा सहयोग समाजका अध्यक्ष घनश्याम जैसी, गोरखा सेवा समाजका अध्यक्ष विकास श्रेष्ठ लगाएतले नेपाली गीत संगितमा ब्यान्डले पुर्याएको योगदान अतुलनीय रहेको बताउनु भयो । साथै उहाँहरुले शुक्रबारको कार्यक्रममा आयोजकको कमजोरीको कारण ब्यान्डले आफ्नो प्रस्तुति राख्न नसकेको प्रति दुख व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गायक एवं पोखरा साङ्गीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङ, गायक कर्णदास, नविन गुरुङ लगाएतले सम्मानको लागी धन्यवाद ज्ञापन गर्दै यस्ता सम्मानले गित संगितमा लाग्न थप प्रेरणा मिल्ने बताउनु भयो ।
यस पटकको कार्यक्रम प्राविधिक रुपमा अपेक्षा गरे अनुसार नभए पनि अब भैसकेको कुरालाई भुलेर गण्डकी प्रदेश तथा मातहतका जिल्ला संस्था मिलेर कुनै पनि परोपकारी कामको लागि साङ्गितिक कार्यक्रम गर्न चाहेमा आफुहरु तयार रहेको बताउनुभयो । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि संस्था बनाई एकतावद्व भएर सामाजिक काम संगै नेपाली गीत संगितको प्रवर्द्धन गरेकोमा खुशी व्यक्त गर्दे गण्डकी प्रदेश समन्वय परिषदलाई आफुहरुले ल्याएको मादल चिनो प्रदान गर्नु भएको थियो ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल विश्वकर्मा (अजय) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कल्याण थापा र कार्यक्रमको सहजीकरण महासचिव मनप्रसाद राना मगरले गर्नु भएको थियो ।
यसै बीच कास्की आदर्श समाज कतारले पनि “ब्याक टु नाइन्टी” ब्यान्डलाई सम्मान गरेको थियो । समाजले गण्डकी प्रदेशको राजधानी पोखरामा रहेर लामो समय देखि गित संगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै पाँच ब्यान्ड एवं पोखरा साङ्गीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङलाई सम्मान गरेको हो।
समाजका अध्यक्ष अग्नीधर देवकोटा, संरक्षक आश बहादुर गुरुङ, मन प्रसाद रानामगर, प्रमुख सल्लाहकार सुरज रानाभाट, प्रथम उपाध्यक्ष अमृत विश्वकर्मा लगायतले दोसल्ला ओढाएर मायाको चिनो सहित ब्यान्डका कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्