काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आज बिहान जहाजमार्फत पोखरा पुगेका छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार, “मन्त्रीज्यू आज बिहानै सुरक्षा टोली र पीएसओ बिना नै मन्त्रालयबाट निस्कनु भयो र पोखरा जानु भयो,” भने।
एयरपोर्टमा कुनै औपचारिकता वा सुरक्षा व्यवस्था नगरी उनी सामान्य नागरिकझैँ ट्याक्सी चढेर घरतर्फ गएका थिए।
त्यो अधिकारीका शब्दमा, “उहाँ पोखरा आउनेबारे कसैलाई जानकारी थिएन। सर्वसाधारणले जसरी एयरपोर्टबाट ट्याक्सी चढेर घर गइयो, उहाँ पनि त्यस्तै भएर घर पुग्नुभयो।”
पुन पोखराको नदीपुर पुगेका हुन्। मन्त्री भएपछि उनी केसरमहलस्थित मन्त्रालयमै बस्दै आएका थिए। उनले सरकारी कामबाहेक निजी प्रयोजनका लागि सवारीसाधन वा सुरक्षा नलिने निर्णय गरेका छन्।
प्रतिक्रया दिनुहोस्