हाम्रो पार्टीको झन्डा रहने छैन, कारण दुईवटा छन् : हर्क साम्पाङ

वायु प्रधुशन
nepalijanatakhaba

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दर्ताका लागि निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’को निवेदन दिएपछि आफ्नो पार्टीको झन्डा नहुने स्पष्ट पारेका छन्।

 

उनका अनुसार झन्डा नराख्नुका दुई कारण छन्।

 

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,

“हाम्रो पार्टीको झन्डा हुँदैन। कारण दुईवटा छन् :

१. हामी कपडाको नाश गर्न चाहन्नौँ। जब गरिबले आङ ढाक्न मुस्किल छ, त्यस्तो अवस्थामा करोडौँको कपडा च्यातेर झन्डा बनाउन मिल्दैन।

२. जब मानिसले आफ्नो पार्टीको झन्डा मात्र बोक्छन्, त्यसपछि देशको राष्ट्रिय झन्डाप्रतिको माया घट्दो रहेछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन।”

 

निर्वाचन आयोगले साम्पाङको दल दर्ता सम्बन्धी निवेदन अहिले अध्ययनको क्रममा रहेको र दशैँ बिदा सकिएलगत्तै यसबारे निर्णय हुने जनाएको छ।

 

धरानमा खानेपानी अभावलाई मुख्य एजेन्डा बनाएर स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा विजयी भएका साम्पाङ अहिले श्रम र जनसहभागितामार्फत खानेपानी व्यवस्थापनमा जुटिरहेका छन्।

 

उनले देश विकासका लागि सबै नागरिक श्रममा जोड दिनुपर्ने भन्दै आएका छन्।

 

जेनजी आन्दोलनपछि कांग्रेस–एमाले गठबन्धनको सरकार ढलेर अन्तरिम सरकार गठन भइसकेको छ भने प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ चुनाव तोकिएको छ।

 

यस्तै परिस्थितिमा साम्पाङले पनि आफ्नो पार्टी खोलेका हुन्।

nepalijanatakhabar

समबन्धित समाचार