सुनसरीमा दाम्पत्य विवादका बीच महिलाको हYत्या भएको छ। प्रहरीले घटनामा संलग्न भनिएका उनका पति, जो विद्यालयका प्रधानाध्यापक हुन्, पक्राउ गरेको छ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार भएको विवादका क्रममा प्रधानाध्यापक सुमन दाहालले आफ्नी पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन्।
दाहाल खोटाङको ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार पति–पत्नीबीचको विवादकै क्रममा घटना भएको देखिएको प्रहरीले जनाएको छ। दाहालको कुटाइबाट अनिशाको ज्यान गएको बताइएको छ।
अनिशा इटहरीमै बस्दै शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन्। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
घटनाको वास्तविक पृष्ठभूमि र कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रया दिनुहोस्