प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैंमा टीका नलगाउने निर्णय

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैंमा टीका नलगाउने निर्णय गरेकी छन्।

 

बडादशैं नेपालीहरूको महान् चाड भए पनि हालैको जेन–जी आन्दोलनमा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद घटना र घाइते भएका धेरैको पीडा अझै ताजै रहेको कारण उहाँले टीका नलगाउने बताइएको छ।

 

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार पीडादायी परिस्थिति भएकाले प्रधानमन्त्रीले टीका नलगाउने र सर्वसाधारणलाई पनि यसपालि टीका नलगाउन आग्रह गर्ने निर्णय गरिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार