आज विजया दशमी, मान्यजनका हातबाट टीका–जमरा र आशीर्वाद ग्रहण गर्दै मनाइँदै

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । आज बिहीबार विजया दशमी, दुर्गापक्षको मुख्य दिन । यस दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभताको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गरिन्छ । दशैँघर वा पूजाकोठामा नौ दिनसम्म गरिएको आराधनाको प्रसाद यही दिन लगाइन्छ ।

आज टीका थाप्ने उत्तम साइत बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर, विजया दशमी आफैं शुभ दिन भएकाले साइत पर्खिनै नपर्ने समितिको भनाइ छ ।

समितिका अनुसार बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ । घटस्थापनाका दिन पूजिएको घटको वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाइने प्रचलन छ ।

आश्विन शुक्ल दशमीका दिन मनाइने विजया दशमी आज देशभर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजया दशमीलाई बडादशैँको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा मनाइन्छ ।

nepalijanatakhabar

समबन्धित समाचार