धादिङ । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिक शनिबार बिहान खसेको ठूलो पहिरोका कारण दुवै तर्फको सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरो खसेपछि यात्रुहरू बाटैमा अलपत्र परेका छन्। निरन्तर वर्षा भइरहेको र ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउने काममा कठिनाई भएको प्रहरीले जनाएको छ।
सडक दुईतर्फी बन्द भएकाले यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ।
यसैबीच, मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै पनि पहिरो खसेपछि सो क्षेत्रमा सवारी आवागमन एकतर्फी मात्र सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
प्रतिक्रया दिनुहोस्