सिन्धुपाल्चोक — सुनकोशी गाउँपालिका–७ पाँचकिलोमा जिरी–खाडिचौर सडक खण्डमा मंगलबार बेलुकी भएको बस दुर्घटनामा ३ जना बालबालिकासहित २० जना घाइते भएका छन्।
रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस साँझ करिब ४ बजेर २५ मिनेटमा सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
दुर्घटनाको खबर पाएपछि लामोसाँघु प्रहरी चौकीका नायब निरीक्षक अशोक महतोको नेतृत्वमा ७ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पुर्याएको छ।
प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ र कसैलाई गम्भीर चोटपटक लागेको छैन। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ।
प्रतिक्रया दिनुहोस्