केपी शर्मा ओलीको सरकार लाई चेतावनी नक्कली आयोग स्वीकार छैन, प्रतिवेदन मान्य हुँदैन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई ‘नक्कली आयोग’ भन्दै अस्वीकार गरेका छन् ।

 

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा बोल्दै ओलीले उक्त आयोगप्रति आपत्ति जनाए ।

 

‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दस पटक गर्नुस्। तर मन्त्रीज्यूहरू, आफ्नै सम्पत्ति छानबिन गर्न सक्नुहुन्छ?’ भन्दै ओलीले यो सबै ‘गजबको ड्रामा’ भएको टिप्पणी गरे ।

 

ओलीले थपे, ‘यस्ता नाटकहरू एमालेलाई स्वीकार छैनन्।’ उनले आयोगको प्रतिवेदन पनि मान्य नहुने स्पष्ट गरे ।

‘जे गर्नुछ गर्नुस्, एमाले चिचिपट खेलेर आएको होइन, देश विकासको स्पष्ट मार्गचित्र लिएर आएको हो,’ ओलीले भने ।

nepalijanatakhabar

समबन्धित समाचार