काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको बताएका छन्।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा राख्दै देउवाले घुसपैठका कारण प्रदर्शन हिंसात्मक बन्दै जाँदा निर्दोष युवाहरूले ज्यान गुमाएको बताए।
उनका अनुसार आन्दोलनको वास्तविक उद्देश्य कमजोर पार्नका लागि बाह्य तत्वहरूले जानाजान अशान्ति फैलाउने प्रयास गरेका थिए।
भदौ २४ पछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्वबहादुर खड्कालाई हस्तान्तरण गरेका छन्।
प्रतिक्रया दिनुहोस्