एनसीसी कतारको आन्तरिक शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आन्तरिक शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

संघले बिहीबार साँझ संघका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता, मध्य पुर्वको उप-संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता र प्रमुख सल्लाहकार रमेश भट्ट सल्लाहकारहरु सन्तोष क्षेत्री, राजाराम शाही, ठाकुर कुमार परियार, मो. कलाम हुसेन खान, राजेन्द्र देवकोटा (राज) मणि पौडेल लगायत आईसीसी सदस्यहरुको उपस्थितिमा अल वक्रा फेमिली विचमा बिजया दशमी, शुभ दिपावली तथा छट पर्व २०२८ विशेष आन्तरिक शुभकामना आदानप्रदान परिचयात्मक सङ्गै मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

समुन्द्री किनारमा पारिवारिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रकारका खानपिन सहित मनोरञ्जन स्वरुप सल्लाहकार, महिला, जेन-जी (अल्फा) र कार्यसमिति गरि अलग-अलग ४ टिम बनाएर हाजिरीजवाफ प्रतियोगिता र हण्डि फुटाउने खेल खेलाइएको थियो । जसमा हाजिरीजवाफ तर्फ सल्लाहकारको टिम प्रथम हुन सफल भयो भने हण्डी फुटाउ अध्यक्ष कृष्ण पन्थीको छोरा कृन्ज पन्थी सफल भए ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले कतारमा भएको एनआरएनए मिल्नुको विकल्प नभएको बताए भने पहिलो पटक स्नेह मिलन तथा परिचयात्मक कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गर्ने अवसर मिलाएकोमा खुसी व्यक्त गरे ।कार्यक्रमको अन्तमा अध्यक्ष पन्थीले कतरमा रहेका श्रमिकहरुको हरेक समस्यालाई एनसीसी कतारले मुख्य प्राथमिकतामा राखेर छिटो र छरितो तरिकाबाट समाधान निकाल्न प्रयास गर्ने बताए । पन्थीले थप बोल्दै संघको भावी योजनाहरु बारे प्रष्ट धारणा राख्दै एनसीसी कतारले जति सक्दो धेरै श्रमिक मुखी कार्यक्रमहरु गर्ने पनि बताएका छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार