दोहा,कतार- नवलपरासी सेवा समाज कतारको सातौं स्थापना दिवस तथा सचेतना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष दुर्गा हमाल ठकुरीको सभापतित्व, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता र नवलपरासी सेवा समाजका संरक्षकहरु क्रमशः दिपक सेन, प्रेम पौडेल, सजन लौडारी र गोपाल थापा तथा सल्लाहकारहरु अमित बराली र सुरज कुवरको साथै लुम्बिनी प्रदेशका प्रमुख संरक्षक क्रान्ति सिंह, संरक्षक मोहम्मद मुक्तदा मुसलमान, प्रमुख सल्लाहकार बुद्ध पाण्डे, सल्लाहकारहरु बसन्त राज पुरी, विकास गैरे, बिजय बस्नेत, गणेश ढकाल र लुम्बिनी प्रदेशका उपाध्यक्ष टेकराज थापा एवं प्रदेश भित्रका सबै जिल्ला संस्थाका अध्यक्षहरु, महासचिव, सचिव तथा नवलपरासी बासी र लुम्बिनी बासीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा दिउँसो करिब १:३० बजे दीप प्रज्वलन गरि व्यानर अनावरण सहित राष्ट्रिय गान बजाएर संस्थाको सातौं स्थापना दिवस लेखिएको ठुलो केक काटेर विधिवत रूपमा सुरु भएको कार्यक्रममा समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नर बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने नेपालबाट कतार भिजिटमा आएकी बाल कलाकार बिनिसा भुसालले उत्कृष्ट नृत्य प्रस्तुत गरि उपस्थित अतिथिहरु लगायत सम्पुर्णलाई स्वागत गरिकी थिइन ।
तोकिएको भदा केही समय ढिलै गरि सुरु भएको भए पनि अत्यन्तै महत्त्वपूर्ण बनेको कार्यक्रममा शुभकामना मन्तव्य सङ्गै सुरज कुंवरले नवलपरासी देखि नवलपरासी सेवा समाज कतार सम्मको यात्रा भन्ने विषयमा तयार पारिएको संघर्षको कथा (presentation) सचेतना मुलुक भिडियो सामाग्री प्रस्तुत गरिएको थियो भने उक्त भिडियो सामाग्रीले परदेशमा संघ संस्थामा आवद्ध हुनुको फाइदा एवं संघर्ष र परिश्रम गर्ने मानिस एकदिन अवस्य सफल हुन सक्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको थियो।
कतारमा अतिथि सत्कारमा सबैभन्दा पहिला पिपलको पात प्रयोगमा ल्याएर अरु भन्दा पृथक बनेको समाजले सातौं स्थापना दिवस मनाउँदै गर्दा पिपलकै पातमा संस्थाको लोगो सहितको अतिथि लेखिएको स्टिकर टाँसेर तयार पारिएको व्याज लगाएर अतिथि सत्कार गर्ने पहिलो संस्था पनि बन्न सफल भएको छ । यसले कतारमा भएको नेपाली समाजलाई सकारात्मक सन्देश मात्रै नदिएर कसरी कम खर्चमा उत्कृष्ट कार्यक्रम गर्न सकिन्छ भन्ने पाठ पनि सिकाएको छ ।
समाजका महासचिव चन्द्र गुरुङले सहजीकरण गरेका कार्यक्रम अवधिभर खुशी लामा, सानु लामा, सीता गुरुङ, निर्मला मगर, बिमला मगर लगायतका कलाकारहरुले उत्कृष्ट नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए भने प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला संस्था तथा संरक्षक सल्लाहकारहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इन्द्र कुमार गजमेर (सुवास) ले साइबर सेक्युरिटी सम्बन्धि महत्त्वपूर्ण जानकारीहरु पनि गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थिले नवलपरासी दोहामा स्थापित संघ संस्था मध्यका कान्छो संस्था भए पनि सधैं अरु संस्थाहरुले भन्दा पृथक कार्यक्रमहरु गर्ने गरेको प्रती खुशी व्यक्त गरे । पन्थिले संस्था स्थापना कालदेखिको सातौं स्थापना दिवस सम्म आफुले जिम्मेवारी लिएको पद र सातौं स्थापना सम्म आइपुग्दा समाजले पार गरेको विभिन्न परिस्थितिहरु लाई स्मरण गर्दै समाजले आगामी दिनमा पनि यस्तै तडक भडक रहित फरक, पृथक कार्यक्रम मात्रै गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि पन्थी र कतार घुम्न आएकी नवलपरासीकि चेली बिमला पन्थी भुसाललाई दोसल्ला ओढाएर साथै कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु लाई पारिश्रमिक सहित सम्मान पत्र र साइबर सेक्युरिटी सम्बन्धि जानकारी गराएर कार्यक्रमलाई अझै महत्त्वपूर्ण बनाइदिन सहयोग गर्ने इन्द्र कुमार गजमेर (सुवास) लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तमा सभापति दुर्गा हमाल ठकुरीले कार्यक्रम सफल बनाउन आफ्नो निमन्त्रणा लाई स्वीकार गरि उपस्थित हुने सम्पुर्ण प्रति आभार व्यक्त गरे । उनले नवलपरासी सेवा समाज कतारले देखाउनकै लागि खर्चालु कार्यक्रमहरु नगरेर गृह जिल्लामा विरामी असाय तथा कतारमा समस्यामा परेका नेपालीहरु लाई साथ सहयोग गर्दै आएको र यो कार्यलाई निरन्तर दिन सबै संघ संस्थाहरु सङ्ग सहकार्य गरेर अघि बढ्ने बताए भने कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्ने सम्पुर्ण र तयारीको लागि खट्ने कार्यसमिति टिमलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल दिइएको कमेन्ट बक्समा अवस्य लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्