गुल्मी सेवा समाज कतारद्वारा आयोजित तिहार विशेष देउसी भैलो कार्यक्रम आगामी शुक्रबार…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- गुल्मी सेवा समाज कतारद्वारा आयोजित देउसी भैलो कार्यक्रम आगामी शुक्रबार अर्थात २४ अक्टोबर, २०२५ को दिन हुने भएको छ ।

समाजले हिन्दु नेपालीहरुको दोस्रो महान ठुलो पर्व शुभ दिपावली (तिहार) को अवसरमा सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रमको आयोजना गरि नेपालीहरुको संस्कार, संस्कृति र परम्पराको जगेर्ना स्वरुप सामुहिक देउसी भैलो खेल्ने भएको हो भने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले नेपाली जनता खबरलाई जानकारी गराएको छ ।

मध्याह्न १२ बजेदेखि सुरु हुने कार्यक्रममा शुभकामना आदानप्रदान सङ्गै तिहार बिशेष विविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुको साथै नेपालमा दिपावली (तिहार) को समयमा अत्यन्तै महत्त्वपूर्ण मानेर खेलिने देउसी भैलोले प्रदेशमा रहेका नेपालीहरुमा माया, स्नेह, एकता र सद्भावको भावना अझै प्रगाढ बनाउने छ भन्ने उद्देश्य सहित सामुहिक देउसी भैलो खेल्दै दिपावली (तिहार) मनाउन लागेको समाजका अध्यक्ष मित्र वि.एसले बताएका छन ।

उनले कार्यक्रममा उपस्थितिको लागि पत्राचार गरिसकेको बताउदै कतारमा रहेका सम्पुर्ण नेपाली बुबाआमा, दाजुभाइ एवं दिदिबहिनीहरु लाई देउसी भैलो कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिन अनुरोध पनि गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल दिइएको कमेन्ट बक्समा अवस्य लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार