नमस्ते भलिबल कप २०२५ सम्पन्न मलेसियास्थित जोहोरमा भएको दुई दिने खेलमा बिजेता: आँधिखोला भलिबल क्लब उप–बिजेता: गोर्खाली क्लब दोस्रो उप–बिजेता: आयोजक नमस्ते भलिबल संघ
दुई दिनसम्म चलेको प्रतियोगिता अन्तर्गत सेमिफाइनलसम्मका खेलहरू नमस्ते भलिबल संघको घरेलु मैदान वेस्टलाइट डोमिटरी–१ मा सम्पन्न भए।
फाइनल चरणका दुई खेल भने Impian Sport स्कुडाइ मा सम्पन्न गरिएका थिए।
आयोजक समितिका अनुसार, यस वर्षको आयोजनामा अघिल्ला वर्षहरूको तुलनामा बढी चुनौती र विवादको सामना गर्नुपर्यो।
सार्वजनिक सूचनाअनुसार, टिम दर्ता अवधि एक हप्ता अघि नै सकिएको भए पनि, दर्ता भइसकेका केही टिमहरू पहिलो चरणको खेलमा २–३ घण्टा ढिला उपस्थित भएको कारणले समय अभाव मुख्य चुनौती बनेको आयोजको दाबी छ।
नमस्ते भलिबल संघले लामो समयदेखि भलिबल प्रतियोगिता आयोजना गर्दै आएको र प्रतिकूल परिस्थितिमा पनि विकल्प खोज्दै खेल सम्पन्न गर्नुपर्ने आफ्नो परम्परा अनुरूप,
यसपटक पनि राति १०:३० बजे देखि १:०० बजे सम्म कपट हल रिजर्भ गरी फाइनल खेल सम्पन्न गरिएको जनाएको छ।
प्रतिक्रया दिनुहोस्