काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फेसबुकमा लेखिएको स्टाटसका कारण अहिले विवादमा परेका छन्। उनले गएराति सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए।
पछि उनले त्यो स्टाटस हटाए पनि सामाजिक सञ्जालमा अहिले पनि त्यसबारे धेरै चर्चा र टिप्पणी भइरहेको छ।
यहीबीच, शिक्षामन्त्री महावीर पुनले मेयर बालेनलाई लक्षित गर्दै सल्लाह दिएका छन् सर्को तानेको बेला बोल्ने र लेख्ने काम नगर्नुहोस्।
उनले आफ्नो स्टाटसमा लेखेका छन्, “कतिपय अभियन्ता र अगुवाहरूले कहिलेकाहीँ सर्को तानेर बोल्ने र लेख्ने जस्तो लाग्छ। सर्को तान्नु समस्या होइन, तर त्यो बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गर्दछु।”




प्रतिक्रया दिनुहोस्