काठमाडौँ । नेकपा माओवादी केन्द्रसहितका वाम घटकसँग एकीकरणमा नजाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीभित्रको एक समूहले पत्रकार सम्मेलन गर्न लागेको छ।
पूर्वमन्त्री किसान श्रेष्ठका अनुसार नेतृ रामकुमारी झाँक्रीसहितको उक्त समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्दैछ। सम्मेलनमा झाँक्रीलगायतका नेताहरूले एमालेमा पुनः फर्किने घोषणा गर्ने तयारी गरेका छन्।
श्रेष्ठले भने, “हामी एमालेमा फर्कने समूहका नेताहरूको पत्रकार सम्मेलन हुँदैछ।”
यही बुधबार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा वाम दलहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टी घोषणा गर्ने तयारीमा छन्।




प्रतिक्रया दिनुहोस्