अन्ततः एकासी रवि लामिछानेलाई सोधपुछका लागि सिंहदरबार लगियो

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा सोधपुछका लागि लगिएको छ।

 

भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगको अनुरोधमा आज सिंहदरबार ल्याइएको हो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको उक्त आयोगले उनीसँग सोधपुछ सुरु गरेको जनाएको छ।

 

नख्खु कारागारका स्रोतका अनुसार आयोगले पत्राचार गरेर लामिछानेलाई सोधपुछका लागि बोलाएपछि बिहानै उनलाई सिंहदरबार पठाइएको हो। आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा आवश्यक बयानका लागि उनको उपस्थिती माग गरेको बताइएको छ।

nepalijanatakhabar

समबन्धित समाचार