कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको गएराति साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

गम्भीर स्वास्थ्य समस्या देखिएपछि केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मिर्गौला फेल भएपछि उनी निरन्तर डायलाइसिसमा रहेका थिए।

रौतहटबाट प्रतिनिधिसभा सदस्य बनेका आलमले विगतमा वन तथा वातावरण मन्त्री र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

सन् २००८ (२०७१ चैत २७) मा रौतहटको राजापुरमा भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपूत र ओसी अख्तरलाई इँटा भट्टामा जलाएर हत्या गरेको अभियोगमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

तर, आलमले त्यस निर्णयविरुद्ध उच्च अदालत वीरगन्जमा पुनरावेदन गरेपछि न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले गत १४ जेठमा जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको थियो।

नख्खु कारागारबाट रिहा भएको केही समयमै उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो।

nepalijanatakhabar

समबन्धित समाचार