मलेसियामा किराँत राई यायोख्खा जोहोरद्वारा उधौली साकेला डिसेम्बर ७ आइतबार मनाइँदै

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया, क्वालालम्पुर — किराँत राई यायोख्खा क्षेत्रीय समिति जोहोरको आयोजनामा किराँत समुदायको महान पर्व उधौली साकेला २०२५ डिसेम्बर ७ तारिख आइतबारका दिन जोहोरबारुको Jo Hotel मा भव्य रूपमा मनाइने भएको छ। सोही दिन किराँत राई यायोख्खा क्षेत्रीय समिति जोहोरको तेस्रो अधिवेशन पनि सम्पन्न हुने जनाएको छ।

 

मलेसियामा बस्दै आएका किराँत तथा गैर–किराँत दाजुभाइ–दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

 

अन्नबाली भित्र्याएर प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने, देवी–देउतालाई पहिलो भाग चढाउने परम्परासहित मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्वलाई यस वर्ष समाेपचारिक रूपमा जोहोरबारुमा मनाउन तयारी पूरा गरिएको समितिले जनाएको छ।

 

कार्यक्रम आगामी डिसेम्बर ७, आइतबार, Jo Hotel, Johor Bahru को ४औँ तल्लामा आयोजना हुनेछ। कार्यक्रममा स्थानीय चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने सामूहिक साकेला नृत्य पनि प्रमुख आकर्षण हुनेछ।

 

आयोजकका अनुसार, यो कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच धर्म, संस्कृति, परम्परा संरक्षण, तथा एकता र मैत्री सम्बन्ध अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। साथै, सबैको सक्रिय सहभागिताले कार्यक्रम अझ सफल र सभ्य हुने अपेक्षा व्यक्त गरिएको छ।

 

nepalijanatakhabar

समबन्धित समाचार