काठमाडौं / आईपीएल २०२६ काे अाेक्षणअघि खेलाडी साटफेरमा विभिन्न टाेलिहरू सक्रिय रहेका छन्। यसै क्रममा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले ठूलो स्तरमा कारोबार गर्दै चर्चामा आएका छन्। अब रवीन्द्र जडेजा आगामी सिजनबाट राजस्थान रोयल्सकाे जर्सीमा देखिने भएका छन्।
आईपीएलकाे आधिकारिक जानकारीअनुसार राजस्थान रोयल्सले जडेजालाई १४ करोड रुपैयाँमा अनुबन्ध गरेको छ, जबकि चेन्नई सुपर किंग्सले उनलाई १८ करोड रुपैयाँसम्म प्रस्ताव गरेको थियो।
इङ्ग्ल्यान्डका स्टार अलराउन्डर साम करन पनि चेन्नई सुपर किंग्सबाट राजस्थानमा सरेका छन्। करनको हालको मूल्य २.४ करोड रुपैयाँ तोकिएको छ।
त्यस्तै, चेन्नई सुपर किंग्सले राजस्थानका कप्तान संजु स्यामसनलाई आफ्नो टोलीमा भित्र्याएको छ। स्यामसन १८ करोडको कारोबारमा सीएसके पुगेका हुन्।
यसैबीच, तीव्र गतिका बलर मोहम्मद शमीलाई सनराइजर्स हैदराबादबाट १० करोड रुपैयाँमा किनेपछि लखनऊ सुपर जायन्ट्सले टिममा समावेश गरेको छ।
अन्य साटफेरमा
मयंक मार्कंडे कोलकाता नाइट राइडर्सबाट मुम्बई इन्डियन्समा,
अर्जुन तेन्दुलकर मुम्बईबाट लखनऊ सुपर जायन्ट्समा,
नितिश राणा राजस्थानबाट दिल्ली क्यापिटल्समा,
डोनोभन फरेरा दिल्लीबाट राजस्थान
रोयल्समा पुगेका छन्।




प्रतिक्रया दिनुहोस्