मलेसिया, क्वालालम्पुर – मकालु फुटबल क्लब मलेसियाले आयोजना गर्न लागेको “प्रथम मकालु गोल्ड कप २०२५” आगामी डिसेम्बर २५ मा हुने भएको छ। खेलकुदमार्फत नेपाली समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
मलेसियामा रहेका सबै नेपाली फुटबल क्लबहरूलाई टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आयोजक समितिले अनुराेध गरेको छ। खेलकुदले पहिचान, अनुशासन र एकता बलियो बनाउने भएकाले यस प्रतियोगिताले नयाँ प्रतिभा र खेल भावना झनै उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
प्रतियोगिता जोहोरबारुस्थित केम्पास अवाना स्पोर्ट्स हब मा सञ्चालन हुनेछ। इच्छुक क्लबहरूले तोकिएको समय भित्र टिम दर्ता गर्नु पर्नेछ भने टिम दर्ता शुल्क: १,२०१ मलेसियन रिंगेट तोकिएको छ
प्रतियोगितामा विजेताले ट्रफी सहित मलेसियन रिंगेट ८ हजार पाउनेछन् भने उपविजेताले ट्रफी सहित ४ हजार मलेसियन रिंगेट पुरस्कार प्राप्त गर्नेछन्
विधागत (Individual) पुरस्कार उत्कृष्ट खेलाडी (Best Player): १०० रिंगेट + ट्रफी उत्कृष्ट डिफेन्डर (Best Defender): १०० रिंगेट + ट्रफी उत्कृष्ट गोलरक्षक (Best Keeper): १०० रिंगेट + ट्रफी उच्च गोलकर्ता (High Scorer): १०० रिंगेट + ट्रफी + सम्मानपत्र प्रत्येक खेलको म्यान अफ द म्याच: ट्रफी + विशेष सम्मानपत्र कार्यक्रम विवरण मिति: २५ डिसेम्बर २०२५ समय: बिहान ८:०० बजेदेखि स्थान: केम्पास अवाना स्पोर्ट्स हब, जोहोरबारु, मलेसिया टिम दर्ता शुल्क: १,२०१ मलेसियन रिंगेट दिने समेत आयोजकले नेपाली जनता खबर डट्कम लाई जानकारी दिएको छ।




प्रतिक्रया दिनुहोस्