प्रकाशचन्द्र खतिवडाको कविता अविष्मरणीय पलहर

वायु प्रधुशन
nepalijanatakhaba

कविता

खुशी छैन मन

उडेनन परेवाका प्रेमील जोडी

वर्गन मायाको समुद्र

अग्लेन विश्वासको हिमाल

म लाचार बाँचि रहे

जिन्दगीको अर्को यात्रा थाल्दै नथाली ।

नयाँ यात्रा थाल भनेकै थियौ

अर्को जीवन रोज भनेकै थियौ

मलाई मूलबाटो पठाएर

तिमी चोरबाटो हिडेका थियौ

मेरो सपनाको विस्कुन कुल्ची

मेरो उदात्त मनमा खेलेर

सहयात्रीघाति निर्णय गरेका थियौ ।

तिम्रो कोठेबारी फाँडिएको थिएन

तिम्रो मर्यादा मारिएको थिएन

तिम्रो यात्रा सहज बनाउन

संग संगै हिडेकी थिएँ

अग्नी परीक्षा गर्ने धम्की दिएर

हिडिरहेको तिम्रो पौरुषसत्व

म घृणा गर्छु

मलाई अमान्य छ

पित्रिसत्तात्मक तिम्रो निच सोच

म मरेर बाँच्छु

तिमी हाँसेर बाँच्छौ

मैले प्रतिशोध लिने या नलिने

कुनै टुङ्गो छैन ।

तिम्रो अभिमान विरुद्ध

लड्नु छ लडाइ

तिम्रो अहंकार

पार्नु छ खरानी

तिमी विरुद्ध हालिनेछन मुद्धा

अदालत निश्पक्ष भए

जितको आउने छ फैसला

म गाउँने छु स्वतन्त्रताको गीत

चुँडिने छन दासताका साङलाहरु ।

अब लेख्नु छ जितको कथा

हारेर पनि जितिएको छ युद्धा

एक एक गरेर पाना पल्टाउ

लेखिएको छ इतिहास मेरो रगतले

तिमी पढ्ने छौ घोरिएर

अनि रुने छौ

मेरो स्मुतिमा

म संग विताएका अविष्मरणीय पलहरु संझदै

उभ्भिने छौ स्तब्ध बनी

हातमा पुष्प गुच्छा लिएर ।

 

 

सुन्दरहरैंचा –०६, दुलारी, मोरङ

प्रकाशचन्द्र खतिवडा

९८४२०७३५२५

[email protected]

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

nepalijanatakhabar

समबन्धित समाचार