बिरालोलाई करणी गरेको आरोपमा पक्राउ परिएका नेपाली सुरक्षा गार्ड अवैधानिक बसेको खुलासा

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर (मलेसिया): मलेसियाको शाह आलम, कोटा केमुनिङस्थित एक अपार्टमेन्टमा बिरालोलाई करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका नेपाली सुरक्षा गार्ड अवैधानिक रूपमा कार्यरत रहेको खुलेको छ।

 

राहदानी साथमै भए पनि काम गर्ने भिसा नभएको कारण उनी अध्यागमन अनुमति बिना काम गरिरहेको पाइएको छ। यसै आधारमा उनलाई थप १४ दिनका लागि अध्यागमन हिरासतमा राखिएको प्रहरीले जनाएको छ। शाह आलमका कार्यवाहक प्रहरी प्रमुख राम्से एम्बोलका अनुसार ३३ वर्षीय आरोपितसँग वैध राहदानी त थियो, तर कुनै पनि प्रकारको वर्क परमिट थिएन।

 

उनका अनुसार, ती नेपाली पुरुष लगभग ६ वर्षदेखि मलेसियामै बस्दै आएका थिए र पछिल्ला दुई महिनादेखि सोही अपार्टमेन्टमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको विश्वास गरिएको छ। स्थानीय मिडियाले उद्धृत गर्दै उनले भने, “प्रारम्भिक छानबिनमा उनलाई काम गर्ने कुनै अनुमति नभएको पुष्टि भयो। थप अनुसन्धानका लागि उनको अध्यागमन हिरासत आजदेखि १४ दिनका लागि बढाइएको छ।”

 

स्थानीय मिडियामा आएका रिपोर्टअनुसार, उजुरीकर्ता मलेसियन दम्पती घर फर्कँदै गर्दा एक पुरुषलाई नग्न अवस्थामा बिरालोलाई करणी तथा दुर्व्यवहार गरिरहेको देखेका थिए। घटनास्थलमा पुगेका पतिले रोक्न खोज्दा ती सुरक्षा गार्डले बिरालोलाई तल फालेर भागेको बताइएको छ।

 

उनीलाई गत शनिबार बिहान करिब ४:४५ बजे पक्राउ गरिएको थियो। प्रारम्भिक अनुमान अनुसार आरोपित व्यक्ति मदिराको प्रभावमा रहेर यस्तो घिनलाग्दो र अनैतिक काममा लागेको हुनसक्ने प्रहरीको आशंका छ। (बर्नामा) यो समाचार मलायाखबर प्रकाशित छ ।

nepalijanatakhabar

समबन्धित समाचार