दोहा,कतार- लोक दोहोरी क्षेत्रमा उदाउँदै गरेका बागलुङका नव गायक बावु कौशलको मौलिक लोक दोहोरी गीत “खुर्पेटो आँसी” सार्वजनिक भएको छ ।
चर्चित गायक तथा सङ्गीतकार रेशम निर्दोषको शब्द सङ्गीत र बहुचर्चित लोकप्रिय लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र बावु कौशलको आवाजमा सजिएको उक्त गीतको एरेन्ज सुनिल परियारले गरेका हुन भने रेकर्ड डायनामिक रेकर्डिङ स्टुडियोका रेकर्डिस्टहरु कमल, गोविन्द, लक्ष्मणले र मिक्सिङ मास्टरिङ विमल छिनालले गरेका गरेका हुन ।

रेशम निर्दोष (Resham Nirdosh) नामक युटुब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक भएको गीतको भिडियोमा निर्देशक समेत गरेका निर्दोषले प्रियंका नेपाली, शेना जोशी, आर.के परियार र विक्रम परियारलाई खुब कलात्मक तरिकाले नचाएका छन । निर्दोषलाई कोरियोग्राफरमा भने राजाराम सिमखडाले सघाएका छ्न भने नृत्य निर्देशन निशान बानियाँले गरेका छन ।
नेपालको गाउँले परिवेशको मौलिकपन लाई टपक्क टिपेर बुनिएको शब्दजालमा खुलेर माया पिरतिकै चर्चा परिचर्चा गरिएको गीतको उत्कृष्ट छायांकन महेश महराले र सम्पादन विनोद बमले गरेका हुन ।

नेपाली गीत सङ्गीत अझ भनौं लोक दोहोरीमा पछिल्लो समय हरेक दिन जसो नयाँ सिर्जनाहरु सार्वजनिक हुने गर्छन् । कुनै पुराना सर्जकका नयाँ सिर्जनाको रुपमा त कुनै नयाँ कलाकारहरुका नयाँ सिर्जनाको रुपमा तर सबै सिर्जनाहरु दर्शकको नजरमा पर्न सकेको हुँदैन विशेष गरि नयाँ कलाकारहरुको सिर्जनाहरु जति उत्कृष्ट भए पनि ओझेलमा परेको थुप्रै उदाहरणहरु देख्न सकिन्छ । प्रतिस्पर्धा र ठुलो चुनौतीको बाबजुद पनि लय र सुर बनेर जन्मिएको एउटा अर्को सिर्जना “खुर्पेटो आँसी” सबै नेपालीहरुको नजरमा पर्न सफल बनोस् हाम्रो तर्फबाट शुभकामना ।
कौशल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका वर्तमान सह-सचिव पनि हुन ।

गीत हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।




प्रतिक्रया दिनुहोस्