तिलु शर्मा पौडेलको निर्माणमा नयाँ रत्यौली गीत “फुलको माला” सार्वजनिक (भिडियो सहित)

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- नेपाली लोक तथा दोहोरी क्षेत्र भन्ने बित्तिकै विशेष गरि कला संस्कृतिको समिश्रण सहितको मौलीकपन भन्ने बुझिन्छ । त्यही मौलिकपन भित्रको एउटा बिधा हो रत्यौली, बिबाहको दिन दुलाहा दुलही लिन घरबाट निस्किए पछी दुलाहाको घरमा महिलाहरु जम्मा भएर नाच सहित गाईने गीतलाई नै रत्यौली भनिन्छ ।

परम्परागत रत्यौली गीतमा धेरै जसो द्विअर्थ लाग्ने शब्दहरु समावेश हुने गरेको पाइए पनी पछील्लो दसक भन्दा बढी समय देखी रत्यौली गीतलाई सुधार गर्दै व्यवसायिक रुपमा प्रस्तुत गर्न थालेपछि बैदेशिक रोजगारीको सिलसिलामा विगत लामो समयदेखि कतारलाई कर्मथलो बनाएर बस्दै आएका म्याग्दी रघुगंगाका तिलु शर्मा पौडेलले पनि मौलिक रत्यौली गीतको निर्माण तथा बजार ब्यबस्थापन लाई कुसलता पुर्वक निरन्तरता दिंदै आएका छन ।

सोहि क्रममा पौडेलकै निर्माणमा रहेको अर्को नयाँ रत्यौली गीत “फुलको माला” गत सोमबार सार्वजनिक भएको छ । उनको आफ्नै युट्युब च्यानल बाबा ईन्टरटेनमेन्ट टिभी (Baba Entertainment Tv) मार्फत बजारमा आएको उक्त गीतमा लोकप्रिय गायक तथा सर्जक रबिन लामीछानेले उत्कृष्ट शब्द, संगीत सङ्गै आवाज भरेका छन । बैबाहिक बन्धनमा बाँधिए पछि हाल जर्मनी लाई कर्मभुमी बनाई बसोबास गर्दै आएका लामीछानेले लामो समयको अन्तराल पछि “फुलको माला” दर्शकहरु माझ पस्केका हुन । गीतमा लामीछानेलाई महिला आवाजमा पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रकी अत्यन्तै चर्चित गायिका शान्तीश्री परियारले साथ दिएकी छिन भने संगीत संयोजन याम थापा मगरले गरेका छन ।

प्रविण थापाको क्रोयोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा छमछमी सिजन ३ तथा डान्सिङ स्टार नेपाल सिजन २ का बिजेता सरोज प्रजा राना तथा केही हप्ता अघि मात्र रिलिज भएको फिल्म मन बिनाको धनकी नायीका समेत रहेकी मोडल तथा नृत्यङ्गाना बिना राउतले आकर्षक अभिनय तथा नृत्य गरेका छन भने भिडियोमा देखाइएको कथामा माया प्रेममा परेपछी प्रेमी र प्रेमिकाको अनुहार नजिक बाट देख्न मात्रै पाए पनी संसारै जितेको महसुस हुने प्रेमील शब्दजाल मार्फत आफुले मन पराएको ब्यक्तिको खुलेर प्रसंसा गरेको देख्न सकिन्छ ।

राजेश घिमिरेले निकै आकर्षक तरिकाले छायांकन गरेका भिडियो फुटेजलाई सुजन कोईरालाले सम्पादन एवं कलर गरेका गीत मारुनी रेकर्डिङ स्टुडियोमा सुनन र खुमन रानले रेकर्ड र कुमार रानाले ध्वनी मिश्रण गरेका हुन ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

nepalijanatakhabar

समबन्धित समाचार