पर्वत जलजला समाज कतारले नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान सहित बृहत बनभोज कार्यक्रम गर्दै…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- पर्वत जलजला समाज कतारले नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान सहित बृहत बनभोज कार्यक्रम गर्ने भएको छ ।

समाजले आगामी १२ डिसेम्बर शुक्रबारको दिन कतारमा रहेर नेपाली कलाकारितालाई निरन्तरता दिंदै आएका करिब एक दर्जन कलाकारहरुको सांङ्गीतिक प्रस्तुतिहरु सहित सहानिया स्थित अल-दोसारी पार्कमा नयाँ वर्ष २०२६ को अवसर पारी शुभकामना आदानप्रदान सहितको बृहत बनभोज कार्यक्रम २०२५ आयोजना गर्न लागेको समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुर्य बहादुर खत्रीले जानकारी गराउनु भएको छ ।

बिहानको ठिक ११:१५ बजेबाट सुरु हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि कतारमा स्थापित विभिन्न संघ संस्था, बैचारिक संघका प्रमुख तथा प्रतिनिधि, विशिष्ट सामाजिक व्यक्तित्व, समाजसेवीहरु, बुद्धिजीवी, व्यवसायी, कलाकार एवं पत्रकारहरु सम्पुर्णलाई पत्राचार गरिसकेको र कार्यक्रमको अन्तिम तयारी समेत पूरा भइ सकेको समाजका अध्यक्ष देबराज कार्कीले बताउनु भएको छ ।

“समुन्नत समाज निर्माणका लागि हाम्रो दृढता, निस्वार्थ सामाजिक कार्यमा हाम्रो प्रतिबद्धता” भन्ने स्लोगन सहित कतारमा सन् २०२३ मा स्थापना भएको समाजले आयोजना गर्न लागेको उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखा कलाकार सहयोगीको साथै बाग्लुङ सेवा समाज कतार, ठकुरी सहयोग संजाल कतार, रोयल युथ एसोसिएसन कतार (ठकुरी ग्रुप), आर्थर डाँडाखर्क समाज कतार र बाग्लुङ समाज बहुउद्देश्यीय अक्षयकोष कतार सहयोगी संस्थाको रुपमा सहभागी हुने भएका छन ।

कार्यक्रमको आकर्षणको रुपमा नेपाली मौलिक कला र संस्कृति सङ्ग जोडिएको नेपालको पश्चिमी भेगमा अत्यन्तै प्रचलित चुड्का नृत्य र मयुर/टप्पा नृत्य पनि हेर्न पाइने भने कार्यक्रमको मिडिया पार्टनरको रुपमा नेपाली जनता खबर पनि रहेको छ ।

nepalijanatakhabar

समबन्धित समाचार