राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा कर्णाली प्रदेश शाखा विस्तार, १७ सदस्यीय कार्यसमिति गठन

वायु प्रधुशन
nepalijanatakhaba

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कर्णाली प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ। सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानअन्तर्गत कर्णाली प्रदेश पहिलो सुरुवात गरिएको प्रदेश बनेको छ। संस्थाका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज कमल सरगम स्वयं कर्णाली पुगेर शाखा विस्तार प्रक्रिया सम्पन्न गरेका हुन्।

 

नवगठित शाखाको अध्यक्षमा कर्णाली प्रदेश संयोजक कुलेन्द्र शाही सर्वसम्मत रूपमा चयन भएका छन्। सो कार्यक्रमछन्इन्द्रेणीका सञ्चालक तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार कृष्ण कडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

 

१७ सदस्यीय कार्यसमिति निम्नानुसार छ:

• अध्यक्ष: कुलेन्द्र शाही

• वरिष्ठ उपाध्यक्ष: विक्रान्त चालिसे

• उपाध्यक्ष: अनिता बिक

• सचिव: पूर्ण सार्की

• सह–सचिव: मनोज बोहरा

• कोषाध्यक्ष: टीका घिमिरे

• सह–कोषाध्यक्ष: महेश बस्नेत

• प्रवक्ता: यादव पौडेल

• महिला विभाग प्रमुख: रमिता खड्का

• प्रचारप्रसार प्रमुख: चन्द्रप्रसाद भट्टराई

• प्रचारप्रसार प्रमुख सचिव: हिमेन्द्र बिक

• सदस्यहरू:

• कमल कुमार न्यौपाने

• जनक दसौदी

• प्रज्वल चुनारा

• प्रकाश शाही

• रूपलाल बुढाथोकी

• दीपक सापकोटा

 

कर्णाली लोककला र पत्रकारितामा विशेष योगदानको अपेक्षा

 

कार्यक्रमका प्रमुख अतिथि कृष्ण कडेलले कर्णालीलाई लोकसंगीत र लोकसंस्कृतिको “उर्वर भूमि”को रूपमा उल्लेख गर्दै, नयाँ नेतृत्वले कर्णालीमा लुकेका प्रतिभा र दूरदराजका समाचारलाई राष्ट्रिय चिनारीमा ल्याउने अपेक्षा व्यक्त गरे।

उनले नयाँ पुस्ताले पत्रकारितामा सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै कर्णाली शाखाको सुरुवातलाई ऐतिहासिक कदमका रूपमा वर्णन गरे।

 

इन्चार्ज सरगमको निर्देशन

 

लोक सञ्चारकर्मी नेपालका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज कमल सरगमले नवगठित कमिटीलाई शुभकामना दिँदै संस्थाको मर्यादा, नीति र उद्देश्यअनुसार क्रियाकलाप अघि बढाउन निर्देशन दिए।

उनका अनुसार सात प्रदेशमध्ये पहिलो शाखा कर्णालीमा खोलिनुको कारण कर्णाली प्रदेश विकास, अवसर र पहिचानका हिसाबले सदैव पछाडि परेकाले “कर्णालीलाई देश–विदेशमा चिनाउन सञ्चारकर्मी नै प्रमुख माध्यम” हुने बताए।

 

साथै उनले युवा नेतृत्वको उपस्थिति कर्णाली शाखाको मुख्य शक्ति रहेको उल्लेख गर्दै लोक पत्रकारितालाई कर्णालीमै विशेष पहिचान दिलाउने लक्ष्य रहेको बताए।

कर्णाली प्रदेशका अध्यक्षका रूपमा चयन भएका कुलेन्द्र शाहीले लोकसञ्चारकर्मी नेपालकै पहिलो बनाउन निरन्तर भूमिका खेल्ने बताएका छन्। सञ्चारकर्मीहरूले गर्नुपर्ने कामहरूलाई मुख्य बिन्दुमा राखेर निरन्तर सेवा र सन्देशका साथ अगाडि बढ्ने उनले बताए

 

nepalijanatakhabar

समबन्धित समाचार