दोहा,कतार- कतारमा स्थापित नेपाली संघ संस्थाहरु मध्यको एउटा पुरानो संस्था कास्की आदर्श समाजले रमाइलो वनभोज कार्यक्रम गर्ने भएको छ ।
“कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मुल नारा लिएर कतारमा सन् २००२ मा स्थापना भएको समाजले कतारमा रहदै आएका सम्पुर्ण कस्केलीहरुलाई एकताबद्ध गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
आगामी १९ डिसेम्बर २०२५ शुक्रबारको दिन ६६ नम्बर बृज समलरोड स्थित मजरामा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुतिहरु सहित सम्पन्न हुने वनभोज कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्त्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, कलाकार पत्रकार सबैलाई पत्राचार गरिसक्नुको साथै कार्यक्रमको आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक अमृत विश्वकर्माले नेपाली जनता खबरलाई बताउनु भएको छ ।
कार्यक्रममा जान आउनको लागि दोहाको विभिन्न ठाउँबाट यातायातको पनि सुबिधा रहेको छ भने कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनेले कार्यक्रम संयोजक अमृत विश्वकर्माको मोबाइल नम्बर ३०७५७४५५, कृष्ण भण्डारी ७४४३४९४३, रामदास भुर्तेल ७७४०८७९८, केदार भण्डारी ५५०३९७९१, केशु गुरुङ ३०५२३५७८ र ऋषिराम विश्वकर्मालाई ७०४८५९९८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।




प्रतिक्रया दिनुहोस्