आगलागी पीडित श्यामको परिवारलाई शंखुवासभा समाज कतारको आर्थिक सहयोग….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- कतारमा स्थापित सामाजिक संस्था शंखुवासभा समाज कतारले जिल्लाको आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

गत मंसिर २८ गते आइतबार जिल्लाको चैनपुर नगरपालिका वडा नं.-४ निवासी श्यामकुमार लिम्बुको घरमा खाना पकाउने ग्यास चुलोबाट आगलागी हुँदा उनको बुवा ८८ वर्षीय वीर बहादुर लिम्बुको दु:खद निधन भएको थियो । उक्त घटनाप्रती गहिरो दु:ख व्यक्त गर्दै समाजिक कार्यमा अग्र पङ्तिमा रहेको शंखुवासभा समाज कतारले पीडित परिवारलाई १९ हजार ९ सय १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले उक्त रकम चैनपुर नगरपालिका ४ कै वडा अध्यक्ष घन बहादुर तामाङ मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको समाजका कार्यबाहक अध्यक्ष पदम सिम्खडाले जानकारी गराउनु भएको छ भने समाजले कतार सङ्गै नेपालको गृह जिल्लाको साथै अन्य छिमेकी जिल्लाहरुमा समेत आपतविपतमा र सामाजिक कार्यहरुमा संस्थागत सहयोग गर्दै आएको छ ।

nepalijanatakhabar

समबन्धित समाचार