दोहा,कतार- कतारबाट सामुदायिक पत्रकारिता गरिरहेका मध्याह्न राष्ट्रिय दैनिकका सम्बाददाता पत्रकार तिलु शर्मा पौडेल सम्मानित भएका छन् ।
वैदेशिक रोजगारीका सिलसिलामा कतारलाई दुई दशक देखी कर्म थलो बनाउँदै सामुदायिक पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार शर्मालाई गत बिहीबार राती रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारले आफ्नो प्रथम वार्षिकोत्सव विशेष कार्यक्रममा रोयल नेपालको स्थापना कालदेखी नै संस्थाले आयोजना गरेका हरेक गतिविधिहरु लाई सञ्चारको माध्यमबाट प्रचारप्रसार गरी अतुलनीय योगदानको पुराएको भन्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको हो ।

सम्मान थापे पश्रांत पौडेलले आफूलाई सम्मान गर्ने संस्था ठकुरी ग्रुपका सम्पूर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै उनी भन्छन् “यो सम्मानले पत्रकारितामा चल्ने मेरो कलमलाई अझ बलियो बनाउन थप ऊर्जा र हौसला प्रदान गर्नेछ”। म्याग्दीको बेनीबाट प्रकाशित हुने स्थानीय अनलाइन मार्फत आफ्नो पत्रकारिताको सुरुवात गरेका पौडेल विगत पाँच वर्षदेखि निरन्तर मध्यान्ह राष्ट्रिय दैनिक छापा पत्रिकामा आबद्ध भएर काम गरिरहेका छन् ।
कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्याको विषयमा सत्य तथ्य बुझेर लेख्ने पत्रकारहरुको लिष्टको अग्रपङ्क्तिमा नाम आउने शर्मा नेपाली गीतसङ्गीतमा पनी उत्तिकै रुचि राख्ने गर्छन् भने उनले थुप्रै गीतहरूमा लगानी समेत गरिसकेका छन् ।




प्रतिक्रया दिनुहोस्