नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशन सम्पन्न चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर, मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित हुनुभएको छ। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भव्य रूपमा अधिवेशन सम्पन्न भएको हो।

४ जनवरी २०२६, आइतबार सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा तथा किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने बिनोद थापा विशेष अतिथि रहनुभएको थियो।


कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, हरि भट्टराई, योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्षद्वय इन्द्र नारायण लिम्बु र राकेश महतोसहित मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले प्रवासमा रहेका संगठनहरूले केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो। अन्य वक्ताहरूले मलेसियामा स्थापित संघ–संस्थाहरूले नेपाली श्रमिकहरूको हकहित र समस्याका समाधानमा समन्वयात्मक र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यस प्रकार रहेको छः
सभापति: चोलाकान्त पंगेनी
वरिष्ठ उपसभापति: कमलप्रसाद गौतम
उपसभापतिहरू: टेकबहादुर टमटा, हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, ज्ञानेन्द्रबहादुर सिंह, डम्बर ओखडा
महामन्त्रीहरू: सरोज दाहाल, मिलन लामा
सह–महामन्त्रीहरू: तिलकचन्द ठकुरी, रामकुमार यादव, देवराज घिमिरे
कोषाध्यक्ष: इन्द्रप्रकाश भण्डारी
सदस्यहरू: दीपक अधिकारी, राकेश गह मगर, यज्ञकुमार राई, रमेश भण्डारी, पुष्कर खड्का, इन्दु बस्नेत, छेवाङ लामा, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल, गणेश बिष्ट र घनश्याम चौधरी
प्रमुख अतिथि किरणराज शर्मा पौडेल विभिन्न कारणले कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै पुनः निर्वाचित सभापति पंगेनीले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै मलेसियामा रहेका दुःख–पीडामा परेका नेपाली श्रमिकहरूको सेवामा २४ सै घण्टा प्रतिबद्ध भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो।

nepalijanatakhabar

समबन्धित समाचार