काठमाण्डौ: केही दिनअघि रोजगारीका लागि नेपालबाट भारत प्रस्थान गरेका संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका–१, माथिल्लो धुपु निवासी २६ वर्षीय पर्वत राई सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार राई भारत प्रवेश गरेपछि रेलस्टेसनबाट कुनै अज्ञात स्थानतर्फ गएका बुझिएको छ। उनीसँगै यात्रा गरेका साथीले भने राईको सरसामान सुरक्षित रूपमा साथमै लगेको बताएका छन्। तर, राई हालसम्म कतैबाट पनि सम्पर्कमा आएका छैनन्।
घरबाट निस्केको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि सम्पर्क नहुँदा परिवार अत्यन्त चिन्तित बनेको छ। परिवारले आफन्त, चिनजान र सम्बन्धित सबै पक्षसँग खोजीका लागि सहयोगको अपिल गर्दै तीव्र पहल गरिरहेको जनाएको छ।





प्रतिक्रया दिनुहोस्