नवलपरासी-१ बाट उज्यालो नेपाल पार्टीका कँडेलको उम्मेदवारी 

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ । युवा व्यवसायी तथा सामाजिक अभियन्ता विजय कँडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवार भएका छन्। उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य रहेका कँडेलले देशको बिग्रँदो अर्थतन्त्र र कूटनीतिमा सुधार ल्याउन आफू चुनावी मैदानमा उत्रिएको बताएका हुन्।

 

नवलपरासीको सुस्ता-३ का स्थायी बासिन्दा कँडेल केही वर्ष अस्ट्रेलियामा बसेर स्वदेश फर्किएका युवा उद्यमी हुन्। नेपाल फर्केलगत्तै व्यवसायमा सक्रिय भएका उनका हाल काठमाडौँ र चितवनमा गरी आधा दर्जन ‘हाइजेनिक मिट सेन्टर’ सञ्चालनमा छन्। यसका साथै उनी एचएमसी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म र होटल व्यवसायमा पनि आबद्ध छन्।

 

स्वार्थको राजनीतिको अन्त्य मेरो लक्ष्य: कँडेल आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै कँडेलले भने, “विगतमा निर्वाचित भएका नेताहरूले जनताको प्रतिनिधि भएको बिर्सेर व्यक्तिगत स्वार्थमा लाग्दा देश र जनताले दुःख पाएका छन्। त्यसैले हामीजस्ता युवा र व्यवसायीहरू राजनीतिमा होमिनुको विकल्प रहेन।”

 

सामाजिक र राजनीतिक पृष्ठभूमि कँडेल यसअघि काठमाडौँलाई धुलोरहित बनाउने उद्देश्यका साथ सञ्चालित ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेर चर्चामा आएका थिए। उनले वि.सं. २०७९ को आम निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट समेत प्रतिस्पर्धा गरेका थिए। यस पटक भने उनले आफ्नै गृहजिल्लाबाट निर्वाचन लड्ने निर्णय गरेका हुन्।

 

नवलपरासी क्षेत्र नम्बर १ मा कँडेलको उम्मेदवारीले युवा मतदाताहरूमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार