क्षेत्री समाज नेपाल, कतार शाखाको वनभोज तथा स्नेह मिलन कार्यक्रम सम्पन्न….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- क्षेत्री समाज नेपाल, कतार शाखाको वनभोज तथा स्नेह मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शुक्रबार अल वक्रा स्थित समुन्द्री किनारमा समाजका कार्यबाहक अध्यक्ष रबिन खत्रीको सभापतित्व, क्षत्री समाज नेपाल कतार शाखाका संस्थापक सल्लाहकार तथा वर्तमान संरक्षक सागर नेपालको प्रमुख आतिथ्यता र समाजका पुर्व संरक्षक, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारी सङ्गै सदस्यहरुको साथै थुप्रै विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवीहरु, नेपाली महिला समाजकी अध्यक्ष एवं समाजकी महिला सल्लाहकार लोकमाया क्षत्री (माया केसी), कलाकार र मिडियाकर्मी पत्रकारहरु लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो करिब २ बजे दीप प्रज्वलन, व्यानर अनावरण सङ्गै नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समाजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक गुणराज कटुवालले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने कलाकार ईश्वरी के.सी भण्डारीले माइतीघर बोलको गीतमा उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।

कतारमा रहेका सम्पुर्ण क्षत्री दाजुभाइ तथा दिदिबहिनीहरु लाई एकीकृत गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा संस्थापक महासचिव एवं तथा वर्तमान संरक्षक रेशम वस्नेतले संस्था स्थापना भएदेखि अहिले सम्म संस्थाले गरेको गतिविधिको बारेमा संम्क्षिप्त जानकारी गराएका थिए भने समाजसेवीको तर्फबाट गोपाल डाँगी, महिला हक अधिकार र सहजताको बारेमा जानकारी गराउँदै नेपाली महिला समाजकी अध्यक्ष तथा समाजकी महिला सल्लाहकार लोकमाया क्षत्री (माया के.सी) बोलिन । त्यस्तै मन्तव्य कै क्रममा केशव कार्की, तेज कटुवाल, केबि हमाल, लगायतले आफ्नो धारणा राखेका थिए ।

समाजका सचिव शिवलाल केसीले सहजीकरण गरेका कार्यक्रममा साहित्यकार शोभाराम ओलीको गजल र मुक्तकका शेर सङ्गै विर्मा खत्री, नारायण देवकोटा, रेशम बस्नेत, लगायतका कलाकारको साङ्गीतिक प्रस्तुतिले सङ्गीतमय बनाएको माहोललाई घैंटो फुटाउने र कुर्सी घुमाउने (म्युजिकल चियर) खेलले उपस्थित सबैलाई उत्साहित र थप आकर्षित बनाइ दिएको थियो । घैंटो फुटाउनेमा पुरुषहरुको तर्फबाट म्याग्दीका देवि कंडेल र महिलातर्फ बाट गुल्मीकी चन्दा शाही विजेता बने भने कुर्सी घुमाउने (म्युजिकल चियर) खेलमा रामेछापकी ममता रानाभाट पहिलो बन्दै पुरस्कार जित्न सफल भइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बोल्ने क्रममा प्रमुख अतिथिव सागर नेपालले कतारमा रहेका नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरु जुन सुकै जातजाति, भाषा धर्मको भएपनी ती कार्यक्रम हाम्रो र आफ्नो कार्यक्रम जस्तै मानेर सहजै स्वीकार गर्ने प्रचलनलाई आफुले सधैं सम्मान गर्ने बताए । उनले थप बोल्दै इतिहासलाई हेर्दा क्षत्रीहरुको आफ्नै भाषा र संस्कार अति कम भएको पाइए पनि समाज र नेतृत्वदायी भुमिकामा अग्र पङ्तिमा रहेर काम गरेको थुप्रै उदाहरणहरु रहेको बताए ।

अन्तमा सभापति खत्रीले कार्यक्रम सफल बनाउन उपस्थित भएका सम्पुर्णलाई आभार व्यक्त गर्दै कार्यक्रम तयारीको लागि अहोरात्र खटेर काम गर्ने कार्यसमिति टिमलाई धन्यवाद दिदै कार्यक्रम सौहादापुर्ण रुपमा समापन गरेका थिए भने समाज “राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मुल नारा सहित कतारमा सन्- २०१० मा स्थापना भएको हो ।

nepalijanatakhabar

समबन्धित समाचार