राशिफल २२ फागुन : कन्याको रोकिएका काम पूरा हुने, मकरलाई राजनीतिक सफलता, तपाईँको दिन कस्तो?
राशिफल २२ फागुन : कन्याको रोकिएका काम पूरा हुने, मकरलाई राजनीतिक सफलता, तपाईँको दिन कस्तो?
आज शुक्रबार, २२ फागुन २०८२ (६ मार्च २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: विद्या र बुद्धिको विकास हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ। मन्त्र- अनुशासन नै पहिचान हो।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।
वृष: प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। मनोरञ्जनात्मक कार्यमा सहभागी भइएला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। रमणीय र सुखद यात्राको योग छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: लाभहानि बराबरी खालको रहने समय छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। साँझमा बाधा आइलागे पनि समस्या समाधान हुनेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कर्कट: खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। बोलीको प्रभाव बढ्दै जानेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ र उपहार पनि प्राप्त हुन सक्छ। मन्त्र- निरन्तरता नै मेरो सुपरपावर हो।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
सिंह: प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। नवीन कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका छ। विश्वासपात्रले काममा साथ दिनेछन्। आफन्तबाट सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कन्या: रोकिएका काम पूरा हुने छन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ। पारिवारिक स्वास्थ्य त्यति राम्रो नहोला।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।
तुला: महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। भ्रमण तथा खानपानमा खर्च बढ्नेछ। पुँजी बजारको लगानी कमजोर हुन सक्छ। स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
वृश्चिक: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
धनु: साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। लामो समयदेखिका बाधा स्वतः फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। कुनै कारणवश रोकिएको अधुरा कामले गति लिनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
मकर: राजनीतिक कार्यमा सफलता मिल्नेछ। रमाइलो यात्राको योग छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ। धार्मिक तथा सामाजिक कार्यमा मन लाग्नेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। मन्त्र- मेरो सोच नै मेरो शक्ति हो।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ: नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। महत्त्वाकाङ्क्षी योजनामा सफल हुन केही समय पर्खनु पर्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आफन्तको साथ र सल्लाह पाइनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
मीन: वाक्चतुर्याइँले सङ्कल्पसिद्ध हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।




प्रतिक्रया दिनुहोस्