नेपाल तामाङ घेदुङ मलेसिया, क्षेत्रीय समिति जोहोरको पहिलो वार्षिकोत्सव सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

नेपाल तामाङ घेदुङ मलेसिया, क्षेत्रीय समिति जोहोरको पहिलो वार्षिकोत्सव तथा नियमित तेस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ।

समितिका अध्यक्ष मंगल तामाङको अध्यक्षतामा २६ अप्रिल २०२६ (आइतबार) का दिन जोहोरस्थित Jo Hotel मा नियमित तेस्रो त्रैमासिक बैठक बसेको थियो। सोही अवसरमा समितिको पहिलो वार्षिकोत्सव केक काटेर भव्य रूपमा मनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल तामाङ घेदुङ मलेसियाकी महिला उपाध्यक्ष सम्झना तामाङ सहभागी हुनुहुन्थ्यो। त्यस्तै अतिथिका रूपमा महिला सचिव दिना मोक्तान तथा घेदुङ मलेसियाका कोषाध्यक्ष एवं क्षेत्रीय समिति जोहोरका प्रमुख सल्लाहकार नवराज रुम्बा तामाङको उपस्थिति रहेको थियो। उक्त वार्षिकोत्सव तथा नियमित बैठक कार्यक्रममा घेदुङ कार्यसमिति पदाधिकारीहरूको मात्र उपस्थिति रहेको जानकारी दिइएको छ।

बैठकमा विभिन्न विषयमा छलफल गर्दै आगामी दिनमा नेपाल तामाङ घेदुङ मलेसिया, क्षेत्रीय समिति जोहोरलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरिएको छ। साथै, सम्पूर्ण तामाङ समुदायलाई एकजुट गराउँदै तामाङ भाषा र संस्कृतिको पहिचान संरक्षणका लागि सबै मिलेर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार