म’ बनाउछु मेरो विद्यालयका अभियन्ता राम शरण फुयालको अभियानले पायो अग्रता! नागार्जुन माध्यमिक विद्यालयले फेर्दै मुहार॥

वायु प्रधुशन
nepalijanatakhaba

मनिपाल राई
काठ्मण्डौँ : तारकेश्वर नगरपालिका वडा नं ५ स्थित नागार्जुन माध्यमिक विद्यालयलाई अब्बल विद्यालय बनाउनका लागि भुतपूर्व विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विद्यालयलाई माया गर्ने व्यतित्वहरुलाई समेटेर म’ बनाउँछु मेरो विद्यालय एक अभियान सुरुवात गरीएको छ।

जसको मुख्य उदेश्य नै हाम्रा सामुदायिक विद्यालय आफैमा अब्बल छन हामीले चाह्यौ भने हामी बनाउन सक्छौ भन्ने मुल मर्मका साथ यो कदम अगाडी सारीएको हो।

जसमा यसै नागार्जुन माध्यमिक विद्यालय २०६० सालका एस एल सि व्याज श्री राम शरण फुयाल को अगुवाइमा शो अभियान सञ्चालन गरीएको हो।

साथै यस कार्यमा मनकारी दाताहरुबाट थोरै-थोरै रकम संकलन गरेर of रंगरोगन, मर्मत संभार, बाहिरी भागमा चित्र लेखन जस्ता कार्य सम्पन्न गरीएको फुयाँलले बताउनुभयो।

रंगरोगन, मर्मत संभार र बाहिरी भागमा चित्र लेखन कार्य सम्पन्नता साथै चाडै अभिभावक सचेतना कार्यक्रम सम्पन्न गर्ने लक्ष्य समेत लिएको र आगामी ३ वर्षे रणनिति तर्जुमा गरी एक अब्बल विद्यालय बनाउने लक्ष्य लिएको बताउनुभयो।

 

nepalijanatakhabar

समबन्धित समाचार