क्वालालम्पुर, मलेसिया। प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेत्र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

अधिवेशनबाट नेत्र केसी अध्यक्ष, किरण थापा उपाध्यक्ष, बाशुदेव भट्ट सचिव, हेमराज सापकोटा सहसचिव, खेमराज खत्री कोषाध्यक्ष तथा कुलबहादुर कोइराला सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा कपिल बोहरा, उमेश कोइरी महतो, कमल चन्द, प्रकाश गिरि, राज लामा, लिला मगर, कैलाश बिष्ट, श्याम तामाङ, प्रमोद महतो, रुपेश विक, ईश्वर आले, जयप्रकाश शाहा, प्रदीपकुमार शाहा, विनय हमाल, चन्द्रमान श्रेष्ठ, कमलबहादुर बिष्ट, प्रकाश पुजारा, मिना बुढा, दिनेश दास, जिबराज भुषाल, चन्द्र घिमिरे, हरिनाथ मोहन्त, संजय नेघा, ताराध्वज शाही तथा महेश अधिकारी चयन हुनुभएको विभागले जनाएको छ।

विभागले दीपक बोगटी, नारायण अधिकारी, राजु शर्मा, शिव थापा, विनोद यादव, मिलन ठकुरी, टंक खड्का, सुन्दर आले मगर तथा शिव खड्कालाई सल्लाहकारको जिम्मेवारी प्रदान गरेको छ।
नवनिर्वाचित अध्यक्ष नेत्र केसीले मलेसियामा रहेका नेपालीहरूको हक, हित, सुरक्षा तथा अधिकारको संरक्षणमा नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संगठनलाई अझ सशक्त र व्यवस्थित बनाउँदै प्रवासी नेपाली समुदायका समस्या समाधानका लागि सक्रियतापूर्वक काम गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “देश परिवर्तन गर्नुभन्दा पहिले आफू परिवर्तन हुनुपर्छ। परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्छ।” जिम्मेवार नागरिक चेतना, अनुशासन र सकारात्मक सोचमार्फत मात्र समाज र राष्ट्रको रूपान्तरण सम्भव हुने उहाँको धारणा थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागका सचिव ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रवासी नेपालीहरूको हक, सुरक्षा, न्याय र सम्मानका लागि पार्टी सदैव प्रतिबद्ध रहेको बताउनुभयो।
विशेष अतिथि तथा (आईसीसी) का उपाध्यक्ष ले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै मलेसियामा रहेका नेपाली समुदायलाई एकताबद्ध भई रचनात्मक तथा परिणाममुखी कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो।
त्यसैगरी की कार्यवाहक राजदूत ले दूतावास सबै संघ–संस्थासँग सहकार्य र समन्वय गर्दै प्रवासी नेपालीहरूको समस्या समाधान तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनका निर्वाचन अधिकृत ले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको औपचारिक घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यक्रममा रास्वपा नेता , विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
‘जय नेपाल’ नारासहित सम्पन्न अधिवेशनले आगामी कार्यकालमा मलेसियामा रहेका नेपालीहरूको हक, हित, सुरक्षा, एकता तथा अधिकार संरक्षणका लागि अझ सक्रिय, प्रभावकारी र परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




प्रतिक्रया दिनुहोस्