राशिफल १० भदौ : वृष शुभकार्यमा सहभागी हुने, पारिवारिक जमघटले वृश्चिकको मन प्रसन्न, तपाईँको के?
राशिफल १० भदौ : वृष शुभकार्यमा सहभागी हुने, पारिवारिक जमघटले वृश्चिकको मन प्रसन्न, तपाईँको के?
१० भदौ २०८३ (२६ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: मनमा शान्ति र सन्तोषको अनुभूति हुनेछ। पराक्रम बढ्नुका साथै मान–प्रतिष्ठा र कीर्तिमान वृद्धि हुने योग छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष: शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। चिताएका कामले गति लिनेछन्। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नुका साथै दाम्पत्य जीवनमा सुख–सन्तोष छाउनेछ। अधिकार प्राप्तिका लागि गरिने प्रतिस्पर्धामा सफलता हात पर्ने सम्भावना छ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिई कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: आत्मविश्वासमा कमी आएको महसुस हुनेछ। चोटपटकको जोखिम भएकाले हिँडडुल तथा यात्रामा विशेष सावधानी अपनाउनुहोला। यात्राका क्रममा सामान हराउन सक्ने भएकाले आफ्ना वस्तुमा ध्यान दिनु राम्रो हुनेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ४० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कर्कट: चलाखीपूर्ण बोली र व्यवहारले काम सफल बनाउन सहयोग गर्नेछ। कला तथा साहित्यप्रति रुचि बढ्नेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। व्यवसायमा अनुभवी वा प्रभावशाली व्यक्तिसँगको सहकार्यले नयाँ अवसर र अनुभव दिलाउन सक्छ।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६६, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
सिंह: सही समयमा सही निर्णय लिन सकिनेछ र महत्त्वपूर्ण कामको सुरुआत हुनेछ। कुनै घटनाले मनमा शान्ति र सन्तोष ल्याउनेछ। यद्यपि स्वास्थ्यमा सामान्य प्रतिकूलता देखिन सक्ने भएकाले सजग रहनु उचित हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ८०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिई कार्य प्रारम्भ गर्ने। खरानी वा खैरो रङको प्रयोग नगर्ने।
कन्या: रमाइलो तथा सुखद यात्राको अवसर मिल्नेछ। नयाँ ज्ञान र सिप सिक्ने मौका छ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियताबाट सफलता मिल्नेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।
तुला: स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले विशेष ध्यान दिनुहोला। सहकर्मीबाट विरोध वा असहयोगको अवस्था आउन सक्छ। गरेका काममा ढिलाइ भए पनि एकपछि अर्को अवसर प्राप्त हुँदा मन उत्साहित रहनेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ४९, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: मनपर्ने वस्त्र तथा अलङ्कार उपहारका रूपमा प्राप्त हुनेछन्। धर्मकर्म तथा समाजसेवामा रुचि बढ्नेछ। पारिवारिक जमघटले मन प्रसन्न बनाउनेछ। धनार्जनका नयाँ बाटा पहिल्याउन सकिनेछ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: आफ्नै प्रभाव र व्यवहारले अरूलाई प्रभावित पारेर काम सफल बनाउन सकिनेछ। सामाजिक क्षेत्रबाट अपेक्षित सहयोग मिल्नेछ। पार्टी, सभा वा सेमिनारजस्ता कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ।
भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा ८३, वैदेशिक कार्यमा ७० र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मकर: एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। लगनशील भएर प्रयास गरेमा अपेक्षाअनुसार लाभ लिन सकिनेछ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कुम्भ: गलत संगतबाट अनावश्यक समस्या निम्तिन सक्ने भएकाले साथीभाइ छनोटमा सावधानी अपनाउनुहोला। अल्छीपना बढ्न सक्छ। साथसाथै, नयाँ ज्ञान सिक्ने अवसर पनि प्राप्त हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४७, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन: प्रतिस्पर्धा नगरी लाभ प्राप्त हुने योग छ। आर्थिक कारोबारमा सफलता मिल्ने सम्भावना छ। मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुँदा दिन रमाइलो बन्न सक्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाई कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।




प्रतिक्रया दिनुहोस्