बाढीपीडितको उद्धार तथा राहतका लागि ‘हेल्प मधेसी मलेसिया’द्वारा रु. १ लाख ५ हजार ५१ सहयोग

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो समय आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ‘हेल्प मधेसी मलेसिया’ले रु. १ लाख ५ हजार ५१ आर्थिक सहयोग गर्ने भएको छ।

 

हेल्प मधेसी मलेसियाको केन्द्रीय कार्यसमितिसहित जोहर, क्वालालम्पुर (केएल) र सेरेम्बान शाखाको संयुक्त बैठकले बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

 

संस्थाका अनुसार सहयोग रकम प्रभावित क्षेत्रमा उद्धार, राहत, खाद्यान्न तथा अस्थायी बासको व्यवस्थापनमा उपयोग गरिनेछ।

 

विपद्को यस कठिन घडीमा बाढी तथा पहिरो प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

 

नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा नेपाल सरकार तथा सम्बन्धित निकायहरूले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइरहेका छन्।

 

हेल्प मधेसी मलेसियाका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र महतोले ‘नेपाली जनता खबर’लाई उक्त जानकारी दिएका हुन्।

nepalijanatakhabar

समबन्धित समाचार