आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल असोज १६ गते शुक्रबार, इस्वी सन् २०२६ अक्टोबर २ तारिख हो ।
आजको राशिफल अनुसार मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु, मकर र मीन राशिवालका लागि दिन शुभ रहेको छ ।
मिथुन, तुला र कुम्भ राशिलाई भने आजको दिन मध्यम रहनेछ ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज १६ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–षष्ठी, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रोहिणी, बिहान ७ बजेर २६ मिनेट उप्रान्त मृगशिरा । योग–व्यातिपात, बेलुकी १० बजेर २ मिनेट उप्रान्त वरियान । करण–वणिज, दिउँसो १२ बजेर १८ मिनेट उप्रान्त भद्रा, बेलकी ११ बजेर ७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मित्र योग । चन्द्र राशि–वृष, बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त मिथुन । सप्तमी श्राद्ध । अहिंसा दिवस ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको छ । व्यापार र शेयर बजारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । आय आर्जनमा वृद्धि हुनेछ भने नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरूले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । साँझपख अध्ययन तथा कामको लागी लामो दुरीको यात्रा गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्ने बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । साँझपख अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथीसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णय आफ्नै पक्षमा फैसला हुनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाति रहेका कामहरू सम्पादन हुनेछन् । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । साँझपख अध्ययन वा यात्राको लागी समय उत्तम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।




प्रतिक्रया दिनुहोस्