एमाले नेता ज्ञवाली भन्छन् : तरकारी किनेर खानै नसक्ने आवस्था भयो! हेर्नुस् : एक वर्षमा कति बढ्यो तरकारीको मूल्य ?


 

काठमाडौं – नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सोमबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको कार्यक्रममा तरकारी किनेर खानै नसक्ने आवस्था आएको गुनासो गरे ।

 

 

 

मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउन सक्ने अवस्था कमसेकम मेरो चाहिं छैन । मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, सकिंदैन’ उनले भनेका छन् ।

 

 

अहिले मूल्यवृद्धिले जनता आक्रान्त छन् । महँगीविरुद्ध सरकारले पर्याप्त अनुगमन र आपूर्ति व्यवस्थापन गरेको छैन । नेपाल राष्ट्र बैंककाअनुसार जेठ महिनासम्म महँगी वार्षिक ८ प्रतिशतभन्दा माथि गएको देखिन्छ । २०७३ सालपछिकै उच्च बिन्दुको महँगी जनताले अहिले झेलिरहेका छन् ।

 

 

एमाले नेतृत्वको सरकार ढलेर गठबन्धन सरकार बनेको एक वर्षमा कतिपय तरकारीको मूल्य अचाक्ली बढेको छ । कतिपय तरकारीको मूल्य भने गत वर्षको तुलनामा घटेको छ ।

 

 

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दैनिक ७५ वटा तरकारी तथा फलफूलको मूल्य अध्यावधिक गर्छ । १५ असार २०७८ को तुलनामा यसवर्ष असारमा ३८ वटा तरकारी तथा फलफूलको मूल्य बढेको छ भने ३६ प्रकारका फलफूल तथा तरकारीको मूल्य घटेको छ ।

 

 

यस्तै ४ वटा तरकारी तथा फलफूलको मूल्य स्थिर छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा आलुको प्रतिकिलो मूल्य ४ देखि किलोमा १२ रुपैयाँसम्मले यस वर्ष महँगिएको छ ।

 

 

यस्तै काउली किलोमा २५ रुपैयाँले सस्तो भएको छ भने काँक्रो किलोमा २९ रुपैयाँले महँगो भएको विवरण देखिन्छ । केरा दर्जनमा ३० रुपैयाँले बढ्दा अकबरे खुर्सानीको मूल्य किलोमा एक सय रुपैयाँले सस्तो भएको छ ।

 

 

गोलभेंडाको मूल्य प्रतिकिलो २० देखि ५१ रुपैयाँले बढेको देखिन्छ भने गाजरको मूल्य प्रतिकिलो २१ रुपैयाँले घटेको छ । घिउसिमीको मूल्य किलोमा १५ देखि २१ रुपैयाँसम्म घटेको छ भने घिरौंला र चिचिन्डाको मूल्य किलोमा १२ देखि २७ रुपैयाँसम्मले घटेको छ ।

 

 

करेलाको मूल्य प्रतिकिलो ३० रुपैयाँले घटेको छ भने तोरीको सागको मूल्य ११ रुपैयाँ किलोमा सस्तो भएको छ । निहुरो, पर्बर र पालुंगोको मूल्य पनि गतवर्ष भन्दा निकै घटेको देखिन्छ ।

 

 

गत वर्ष भन्दा निहुरो, पर्बर र पालुंगो सागको मूल्य क्रमशः प्रतिकिलो ११, ४३ र १० रुपैयाँले घटेको बजार विकास समितिले जनाएको छ । दैनिक भान्साको महत्वपूर्ण तरकारी बन्दा, बोडी र प्याजको मूल्य पनि समीक्षा अवधिमा घटेको छ ।

 

 

बन्दाको मूल्य प्रतिकिलो २९, बोडीको ३० र प्याजको मूल्य किलोमा ११ रुपैयाँले घटेको छ । यस्तै भन्टाको मूल्य किलोमा २० रुपैयाँले घटेको छ भने भिन्डीको मूल्य किलोमै ६० रुपैयाँले घटेको देखिन्छ ।


प्रकाशित मिति : २०७९ श्रावण ३, मंगलवार ०३:५२ गते

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार

trans escorts near me latina with big breast bbwxnnx.com meru the succubus ova3 best porn on redditt
big natural tits teen teens in panties selfies bigtitspub.net chanelle west coast naked rape x x x, bangla deshi sexy video syren de mer stepmom homedoporn.net shadbase man of the house videos pornos caseros español, porn five nights at freddy's hd p o r n video cuckold69.net danyan cat only fans downliad free porn videos